• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    शिल्पाकी बहिनीले राकेशलाई भनिन्, ‘यता आउ अनि मलाई चुम्बन गर, त्यसपछि…’

    5.9K
    SHARES



    बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ ।बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ । यो वर्षको बिग बोस ओटीटीमा राकेश र शमिताको एकअर्काबीचको कनेक्शन निकै चर्चामा छ । राकेशले शमितालाई निकै ख्याल गर्ने गर्छन् ।

    उनीहरुको दोस्तीलाई धेरैले ध्यानपूर्वक पनि हेरेका छन् । शोको नयाँ प्रोमो सार्वजनिक भएको छ । जसमा शमिता शेट्टीले राकेशलाई गालामा चुम्बन गर्न आग्रह गरिरहेकी छन् । शमिताको उक्त आग्रहलाई राकेशले स्वीकार गरेका छन् । राकेशले यसका लागि सधैँ तत्पर रहेको बताएका छन् ।

    प्रोमोको भिडियोमा शमिता खाना खाइरहेकी हुन्छिन् । त्यहीँ राकेश माइक्रोवेभमा खाना तताइरहेका हुन्छन् । त्यहाँ शमिता भन्छिन्, ‘खाना पूरै तातो नबनाउ, नत्र खेर जान्छ ।’ जवाफमा राकेश भन्छन्, ‘अरु केही ?’ राकेशको जवाफपछि शमिताले केहीबेर राकेशलाई घुरेर हेर्छिन् ।

    त्यसपछि भन्छिन्, ‘तिमीलाई केही समस्या छ ? म यस्तो गर्दिन ।’ त्यसपछि राकेशले केही समस्या नभएको बताउँछन् । र, अरु पनि केही भन्न मन लागे भन भनेर आग्रह गर्छन् । त्यसपछि मुस्कुराउँदै शमिता शेट्टी भन्छिन्, ‘यता आउ, र मलाई अहिले नै चुम्बन गर ।’ राकेश तुरुन्त शमितालाई चुम्बन गर्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ