• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी

    शहिद परिवार र घाइते योद्धाहरुलाई भेट्दा रोकिएनन् प्रकाण्डका आँशु

    15.8K
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले काठमाडौँ ब’म बि’स्फोटमा परि ज्यान गुमाएका सहिद परिवार र उक्त घाटनाका घाइते योद्धाहरुसँग भेटघाट गरेका छन ।

    भेटमा पार्टीले सरकारसँग वार्ता गर्दा जनक्रान्तिमा शहिद भएका आफन्त र परिवारको व्यवस्थापनबारे खासै कुनै पहल गरेको समाचार बाहिर नआएको र घटनापछि पार्टीले परिवारको ब्यबस्थापनमा सोचे जस्तो पहल लिन नसकेको गुनासो पनि ब्यक्त गरेका थिए ।

    काठमाडौँ बि’स्फोटका बेला प्रकाण्ड मध्यकमाण्ड इन्चार्ज थिए । घटनाका शहिद परिवार र घाइते योद्धाका कुरा सुनेपछि आँसु रोक्न सकेनन् । शहिद परिवारले अहिले पार्टी खुला राजनीतिमा आउँदा सबै नेता कार्यकर्तालाई खुला भएको देख्न पाउँदा खुसि लागेको तर यो बेला आफुहरुले गुमाएका आफन्तको सम्झनाले खुब मन दुखेको भन्दै आँसु झारेका थिए । त्यसबेला निकै भावुक माहोल बनेको थियो ।

    शहिद परिवार, घाइते योद्धाहरु र प्रकाण्डका सँगै आँखा रसाएपछि कार्यक्रममा सहभागी पार्टीका केन्द्रिय नेता बसन्त श्रेष्ठ, काठमाडौँ जिल्ला इन्चार्ज शरद रसाइली लगायत पनि भावुक बनेका थिए । भेटघाट कार्यक्रममा शहिद परिवारहरूले पार्टीको आदेशमा आफ्ना परिवारका सदस्यहरूले गरेको बलिदान खेर जाने हो कि भन्ने चिन्ताव्यक्त गरे ।

    भेटघाटका क्रममामा काठमाडौँ बिस्फोटका घाइतेहरूले आफूले पार्टीको योजनामा भएको उक्त घटनामा आफुहरुको रगत बगेको र अङ्गभङ्ग भएको भन्दै नेताहरुले आफ्नो रगतको मूल्य चुक्ता गर्न क्रान्तिको बाटो छोड्न नहुने धारणा राखेका थिए । उनीहरुले बाँकी दिनमा आफुले सकेजति क्रान्तिका पक्षमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एबम् रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ, काठमाडौँ जिल्ला इन्चार्ज शरद रसाइली र जिल्ला सेक्रेटरी राजेन्द्रलगायतका नेताहरु सहभागी भएका थिए ।

    भेटघाटमा २०७६ जेठ १२ गते काठमाडौँमा भएको विष्फोटका क्रममा शहिद भएका कृष्णराज भण्डारी, ‘निरन्तर’ की जीवन सङ्गीनी पूर्णमाया डंगोल, सहिद दिपेन्द्र विश्वकर्माकी जीवन सङ्गीनी विना, सहिद प्रज्वल शाहीकी बहिनी कलसा शाही र घाइतेहरु हरि खड्का, सुरेन्द्र महर्जन, महेन्द्र तामाङ आदिले प्रबक्ता प्रकाण्ड समक्ष पार्टीले शहिद परिवार र तिनका वालबालिकाको ब्यबस्थापन गर्न नसकेको गुनासो गरेका थिए ।

    उक्त भेटघाटका कार्यक्रममा प्रवक्ता प्रकाण्डले पार्टीले देश र जनताका पक्षमा लड्दालड्दै तय गरिएको योजना अनुसार काममा लाग्दा दुर्घटनाबस भएको उक्त घटनामा परी कमरेडहरुले जीवनको बलिदान गरेकाले पार्टीले शहिदहरूप्रति उच्च सम्मान गर्दै परिवार र घाइतेका सन्तानहरूको अभिभावकत्व ग्रहण गर्ने बताएका छन् ।

    एकीकृत जनक्रान्तिमा जनता र वर्गका लागि बलिदान गर्ने सहिदका परिवारको ब्यबस्थापनको दायित्व आफ्नो पार्टीको भएको भन्दै प्रकाण्डले आफुहरुले जनतालाई धोका नदिने बताए । आफ्नो व्यक्तिगत स्वार्थका लागि क्रान्तिकारी आदर्श त्याग्ने कल्पनासमेत नगर्न शहिद परिवार र घाइते योद्धाहरुलाई अनुरोध गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया