• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादी पक्षको बहस

    311
    SHARES



    काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ आज (शुक्रबार) पनि जारी रहने भएको छ।

    न्यायाधीश तेजबहादुर खड्काको इजलासमा ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दामा बिहीबार सरकारी वकिल पक्षको बहस सकिएको थियो। आजदेखि प्रतिवादीका कानुन व्यवसायीहरूको तर्फबाट बहस सुरु हुने अदालत स्रोतले जनाएको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउने भन्दै ठूलो रकम असुली गरेको आरोपमा यो प्रकरण तीन वर्षदेखि अदालतमा विचाराधीन छ। सङ्गठित अपराध, ठगी, किर्ते तथा राज्यविरुद्धको अपराधसहित पाँच अभियोगमा मुद्दा दायर गरिएको हो।

    २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यसपछि थप प्रतिवादीहरू पनि पूरक अभियोगमार्फत जोडिएका छन्।

    हाल केही अभियुक्त थुनामा रहेका छन् भने केही धरौटीमा र केही फरार छन्। अदालतमा थुनछेक आदेशपछि विभिन्न चरणमा मुद्दाको प्रक्रिया अघि बढिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ