• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, वायु प्रदूषण ‘रेड जोन’ मा

    894
    SHARES



    पोखरा । मौसमको खराबी र वायु प्रदूषणको चापले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक उडान पनि हुन सकेन। दैनिक औसतमा ३२ वटा उडान हुने यस विमानस्थलमा आइतबार पनि मुस्किलले आधा उडान मात्र भएका थिए।

    मंगलबारको तालिका पनि प्रभावित बनेको छ भने चीनको छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सारिएको छ। तर, मौसमको अवस्था हेर्दा त्यसको सुनिश्चितता पनि छैन।

    विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार हाल बिहानका अधिकांश उडान स्थगित भइरहेका छन्। “भिजिबिलिटी नै छैन,” उनले भने, “आज पनि फ्लाइट सेड्युल ठप्प छ।” पोखरामा उडानका लागि न्यूनतम २७०० मिटर भिजिबिलिटी आवश्यक पर्छ, तर हाल त्यो २ हजार मिटरभन्दा कममा झरेको छ।

    वायु प्रदूषण उच्च, स्वास्थ्यमा असर

    उडानमा बाधा मात्र होइन, पोखराको वायु गुणस्तर सूचकाङ्क (AQI) पनि ‘रेड जोन’ मा पुगेको छ। मंगलबार बिहान AQI १५० माथि पुग्यो, जुन ‘संवेदनशील’ तहमा पर्छ। वातावरणविद् डा. अनुप सुवेदीका अनुसार यस्तो स्तरको वायु प्रदूषण इमर्जेन्सीको रूपमा लिइनुपर्ने हो।

    “स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर पनि सरकार मौन छ,” उनले चिन्ता व्यक्त गर्दै भने, “डढेलो नियन्त्रण, धुवाँ उत्सर्जन गर्ने कारखाना बन्द, जीवाश्म इन्धनका गाडीमा जोर–बिजोर लागूजस्ता कदम तत्काल चालिनुपर्छ।”

    उनका अनुसार नेपालमा वायु प्रदूषणकै कारण बर्सेनि झण्डै ४८ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। हालको स्थितिलाई लिएर नागरिकस्तरबाट पनि बृहत् आन्दोलन हुँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ