• आज : २०८१ चैत्र, २८

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, २८

    समाचार

    ट्रकबाट बरामद २५ करोडका मालिकको पहिचान खुल्यो, चीन लान खोजेका थिए रकम

       सञ्चारकेन्द्र    २०८१ चैत्र २० गते   ०८:४१ बजे
    8.5K
    SHARES



    काठमाडौँ । गत चैत ५ गते सबेरै बिहान बिहान काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।

    राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट उक्त परिमाणको रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने पौडेलको भएको खुलेको हो। त्यसबेला उक्त रकमसहित सिन्धुपाल्चोककै ट्रक चालक कुसाङ लामा समातिएका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ सिन्धुपाल्चोकका ४१ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको थियो ।

    पछिल्लो समय टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ ।

    ना ७ ख १६५२ नम्बरको कन्टेनरसहित पक्राउ परेका कुसाङलाई प्रहरीले विभागको जिम्मा लगाएको थियो । विभागले सीसीटीभी फुटेज, कल डिटेल तथा एनालाइसिस, डिजिटल डिभाइसको अध्ययन र विभागलाई प्राप्त सूचनाका आधारमा पौडेल २५ करोडका मालिक रहेको विभागले निष्कर्ष निकालेको छ ।

    पौडेलकै संलग्नतामा ५००, २००, १०० दरको जम्मा १३ लाख ७५ हजार १५० युरो र १००, ५० दरका ३ लाख २० हजार ८५० रुपैयाँ (२५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ) रकम ट्रकमा लोड भएको सीसीटीभ फुटेज समेत पत्ता लगाइएको एक अनुसन्धान अधिकृतले बताए ।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ