• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अछाममा भीषण आगलागी, ९ पसल पूर्णरूपमा जले

    1K
    SHARES



    अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा भीषण आगलागी भएको छ। मंगलबार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    आगो नियन्त्रणमा लिन मंगलसेन नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र अन्य सुरक्षाकर्मीहरूको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

    हालसम्म ९ वटा पसल पूर्णरूपमा जलेको स्थानीयवासीए बताएका छन् । अहिले स्थानीयबासी, सुरक्षाकर्मी र दमकल टोली मिलेर आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

    अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ