• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंमा लामो समयपछि वर्षा : प्रदूषणबाट केही राहत, अझै पानी पर्ने पूर्वानुमान

    3K
    SHARES



    काठमाडौं । लामो समयको सुक्खा मौसमपछि राजधानी काठमाडौंमा आज वर्षा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाका विभिन्न स्थानहरूमा पानी परेसँगै वायु प्रदूषणमा समेत कमी आएको छ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले दिएको जानकारी अनुसार काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, सल्लाघारी (भक्तपुर), र दुवाकोट क्षेत्रमा पानी परेको हो। वर्षासँगै वायुमण्डल सफा हुन थालेको छ, जसबाट नागरिकलाई केही राहत मिलेको छ।

    अन्य जिल्लामा पनि वर्षा

    काठमाडौंसँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत जिल्लाहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। ‘हाल खण्डित रूपमा वर्षा भइरहेको छ,’ मौसमविद् झाले बताए, ‘आज राति र भोलि बिहानसम्म वर्षाको मात्रा अझै बढ्न सक्छ। पर्सि पनि वर्षाको सम्भावना छ, यद्यपि आज र भोलिभन्दा कमजोर हुनेछ।’

    हिजो मात्रै विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचिमा पहिलो स्थानमा रहेको काठमाडौं आज दिउँसो दोस्रो स्थानमा झरेको छ। आईक्यूएयरका अनुसार हाल काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १७७ छ, जुन अझै पनि ‘अस्वस्थकर’ श्रेणीमा पर्दछ।

    तर वर्षाको निरन्तरताले वायु गुणस्तरमा क्रमिक सुधार हुने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ