• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दाउन्ने सडकखण्ड आजदेखि चार घण्टा बन्द गरिँदै

    0.9K
    SHARES



    चितवन । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि सवारी साधनको आवागमन आंशिक रूपमा रोकिएको छ। अत्यावश्यक सेवाबाहेकका सवारीका लागि यो बन्द लागू हुनेछ।

    पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार चैत २७ देखि ३१ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा सडक बन्द हुनेछ। साथै, वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म थप ६ घण्टा सवारी आवागमन रोकिँदैछ।

    बर्खायाम सुरु हुनु अघि नै दाउन्ने खण्डमा जोखिम न्यूनीकरण र सवारी आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको हो। पहाड काट्ने, पर्खाल निर्माण गर्ने र कल्भर्ट जडानजस्ता कार्यहरू तीव्र रूपमा भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

    सङ्कुचित सडक र लगातार भइरहेको निर्माणका कारण अहिले दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न ५–६ घण्टासम्म लाग्ने अवस्था छ। यात्रुहरू दैनिकजसो लामो जाम र सास्ती व्यहोर्न बाध्य छन्।

    यात्रु र निर्माण दुवै प्रभावित भइरहेकाले सडक नै बन्द गरेर एकमुष्ट रूपमा काम सम्पन्न गर्ने निर्णय भएको पाण्डेले बताए। उनका अनुसार ठेकेदार कम्पनीले रातको समयमा आवश्यक बत्तीको व्यवस्था गरी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    एम्बुलेन्स, दमकल, सुरक्षा निकायका गाडी जस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई भने रोक लाग्ने छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ