काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् ।
उनले भनेका छन्, ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु । मलाई प्रहरीले खोजिरहनु पर्दैन । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु,’ उनले भनेका छन् ।
प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया