• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

    1.1K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि प्रहरीद्वारा गरिएको व्यवहारलाई “मानव अधिकारको उल्लङ्घन”को संज्ञा दिँदै राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक ध्यानाकर्षण गराएको छ।

    बुधबार बिहान रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियारसहितको टोली आयोगको कार्यालयमा पुगेको थियो। टोलीले लामिछानेको गिरफ्तारी र हिरासत सम्बन्धी घटनाबारे आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारको संरक्षण सुनिश्चित गर्न आग्रह गरेको छ।

    रास्वपाको दाबी अनुसार लामिछानेलाई चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि प्रहरीले काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि शनिबार आइतबार सार्वजनिक बिदा परेपछि सोमबार भैरहवा कारागार चलान गरिएको थियो।

    सहकारी कोष हिनामिनामा संलग्न भएको आरोपमा लामिछानेलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले बदर गर्‍यो।

    रास्वपाले लामिछानेलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइएको र प्रहरीबाट ज्यादती भएको भन्दै लगातार विरोध जनाउँदै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ