• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निषेधित क्षेत्र तोडेपछि राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार, सहभागीहरुको भागाभाग

    1.8K
    SHARES



    काठमाडौँ ।  काठमाडौँको तीनकुनेमा राजावादी समूहले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । शुक्रबार तीनकुनेको निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ आन्दोलनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोडेजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

    सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।

    निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ