• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भाषाशास्त्री चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन

    461
    SHARES



    काठमाडौं । भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ।

    मिर्गौला रोगबाट पीडित उनको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको हो। २००० साल असोज १ गते तेह्रथुममा जन्मिएका गौतम ‘ग्रामर गुरु’का रूपमा परिचित छन्। नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् ।

    नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन्। सोमबार नै पशुपति आर्यघाटमा गौतमको अत्येष्टि गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ