• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको फराकिलो जित

    799
    SHARES



    Feature image 1

    काठमाडौं । पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ ।

    पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमै भएका थिए ।

    पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न नसक्दा गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ५९औं मिनेटमा लिओले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    त्यसपछि ७२औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डो चुकेनन् र टोलीको अग्रता दोब्बर पारे । त्यसपछि ब्रुनो फर्नान्डेसले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० ले अगाडि ल्याए ।

    ८३औं मिनेटमा पेड्रोले गोल थपे भने ८७औं मिनेटमा रोनाल्डोले एक्रोब्याटिक गोल गर्दा पोर्चुगल ५-० को फराकिलो अग्रता बनाउन सफल भयो । त्यसको एक मिनेटपछि मार्क्जुकले सान्त्वना गोल फर्काए ।

    ५-१ को फराकिलो जित निकालेको पोर्चुगल लिग ए ग्रुप १ मा ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । उसको क्‍वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

    अन्य खेलहरूमा स्कटल्याण्डले क्रोएसियालाई १-० ले हरायो भने स्पेनले डेनमार्कमाथि २-१ को जित निकाल्यो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ