काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजेपछि बैठक सुरू भएको उपाध्यक्ष एबम् प्रवक्ता अग्नि सामकोटाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ।
सरकारको कार्यशैलीबारे माओवादी केन्द्रले देशभरका स्थानीय तहबाट खबरदारी गर्ने तयारी गरेको छ। आजको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ।
त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ।
प्रतिक्रिया