• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति विजनेश

    मौद्रिक नीतिले आर्थिक शिथिलता चिर्नुपर्छ : स्वर्णिम वाग्ले

    1.3K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले १५ जेठको बजेटले आर्थिक शिथिलता चिर्न नसकेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । कर्जा, ब्याजदर, ऋणीहरूको ब्यालेन्स सिटलाई सजिलो बनाइदिन मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताएका हुन् ।

    उनले भने, ‘कर्जा प्रवाह उत्पादनमुखी क्षेत्रमा कसरी डोर्‍याउने ? विगत २० वर्षदेखि हामीले अलिकति बाटो बिराएको हो कि !’ वाग्लेले भने, ‘रेमिट्यान्सको बलमा अर्थतन्त्रमा छेलोखेलो पैसा खन्याएकै हो ।’

    अर्थतन्त्रको आकारमा ऋण प्रवाह गरिएको उनले बताए । उत्पादनको क्षेत्रमा प्रवाह भएको ऋण सदुपयोग हुन नसकेको वाग्लेको निचोड छ । राष्ट्र बैकले मौद्रिक नीति ल्याउन लागेको एक दिन अघि रास्वपाले आयोजना गरेको नीति मन्थनमा बोल्ने क्रममा वाग्लेले आर्थिक रथका दुइटा पाङ्ग्रामा वित्तीय र मौद्रिक नीति हुने बताए थिए ।

    बजेटप्रति विशेष चासो राख्ने गरिए पनि सोही अनुरुपमा मौद्रिक नीतिलाई महत्व नदिइएको वाग्लेको निचोड छ । ‘यो प्राविधिक विषय हो । राष्ट्र बैंकको विषय हो,’ वाग्लेले भने, ‘अलिअलि अर्थ मन्त्रालयको विषय हो भनेर त्यति चासो दिने गर्दैनौं ।’

    मुद्रास्फिति, कर्जा लगानी, साँवाब्याज लगायतका विषय जेलिने ठाउँ मौद्रिक नीतिमा हुने वाग्लेले बताए । ‘यो अमूर्त विषय होइन, जनजिविकासँग ठोक्किने विषय हो,’ नीति मन्थनमा उनले भने । प्राविधिक भनेर पन्छाउने गरेको विषयमा पनि नागरिकलाई जानकारी गराउन सार्वजनिक तहमा बहस गरिएको उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ