• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनजीओ र आइएनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई सभामुखको निर्देशन    

    1.4K
    SHARES



    काठकाण्डौं । राष्ट्रिय सभाका सभामुख र प्रतिनिधि सभाका सभामुखले संसदीय समितिहरूलाई कुनै पनि गैरसरकारी संस्थाहरूको सहयोग नलिन निर्देशन दिएका छन् ।  मंगलबार घिमिरेले एक पत्र जारी गर्दै विना अनुमति सहयोग नलिन निर्देशन दिएका हुन् ।

    ‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।

    यसअघि पनि पटकपटक संसद् सचिवालयले सहयोग नलिन सतर्क गराइएको पनि उक्त पत्रमा भनिएको छ । आइतबार खाजासहित एक गैरसरकारी संस्थाका कर्मचारी राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएपछि विरोध हुँदा बैठक नै नबसेर स्थगित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया