काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे कर्जा नतिर्ने ८९ हजार ऋणीहरू कालाे सुचीमा परेका छन् । चेक बाउन्सरमा परेर पनि पैसा नतिर्ने ८९ हजार ऋणीहरूको खाता ब्लक रहेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
बैंक खाता बन्द हुनेमा ०४७ साल यता बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्सरमा परेर पनि पैसा नतिर्ने ऋणीहरूका खाता रहेका छन् ।
चालु आर्थिक वर्ष ०८०-८१ को वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएका कर्जा सूचना केन्द्रले जनाएको छ ।
प्रतिक्रिया