• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकाद्वारा सिरिया र इराकमा हवाई आक्रमण

    3.2K
    SHARES



    वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी-वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए । यी विमानहरू अमेरिकाबाट उडेका थिए ।

    अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे।

    यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।

    गत जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिकहरू मारिएका थिए। अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ । यस हमलाको जवाफमा अमेरिकाले यो आक्रमण गरेको हो ।

    अमेरिकी सैनिक शिविरमा भएको हमलापछि राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यदि कसैले अमेरिकी नागरिकलाई हानि पुर्‍याउँछ भने उसलाई जवाफ दिइनेछ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया