• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’

8.1K
SHARES



निर्माण भएको केही बर्ष वितिसक्दा पनि रिलिज हुन नसकेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई माघको १ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यदि, यसको निर्माणपक्षले भनेको समयमा नै यो चलचित्र रिलिज गर्न सक्यो भने, लकडाउनपछि रिलिज हुने पहिलो नयाँ नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हुनेछ ।

चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रको पोष्टरमा नायक शिव श्रेष्ठ र नायिका प्रियंका कार्की एक अर्काको अंगालोमा बाँधिएका छन् ।

विके फिल्मस् र एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ । प्रेम र एक्सनको मिश्रणमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारले अभिनयग रेका छन् । चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयम दर्शनधारीले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् ।

यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ