• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कला साहित्य

    त्यो दिन तिमीले थाेरै पनि सहयोग गरेको भए, म बाँच्ने थिए…

    10.9K
    SHARES

    सन्तोष कार्की मौसुफ । रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाटस्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुनसान थियो । अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होटलमा अलिक ग्राहकहरुको चाप बढी भएका कारण उसलाई होटल मालिकले ११ बजे जानको लागि भनेका थिए ।

    थाकेको शरीर होटलबाट मोटरसाइकल लिएर पर्सा घर जानको लागि निस्कियो । रात छिप्पिदै थियो त्यसमाथि सुनसान सडक .. । प्रमोद आरामले मोटरसाइकल चलाइरहेको थियो, अचानक उसलाई महसुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ । प्रमाेदले पछाडि फर्किएर हेर्‍यो , सिटमा कोहि थिएन ।

    प्रमोदले केहि बुझ्न् नै सकिरहेको थिएन कि यो के भैरहेको छ भनेर । उसलाई लाग्यो कि यो एक भ्रम हो । तर केहि समयपछि उसलाई महसुस भयो उसको काँधमा कसैले हात राखिरहेको छ भन्ने । प्रमोद ले साइड ऎनामा हेर्‍यो, त्यहाँ उसको मोटरसाइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन । प्रमोदले बाइकको स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्‍यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो…। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।

    प्रमोद डराउन थाल्यो उसले मोटरसाइकलको गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटरसाइकलको स्पिड बढिरहेको थियो उसको काँधमा हातले जोडले पक्डिरहेको महसुस भैरहेको थियो …..

    प्रमोद पसिनै पसिना भैरहेको थियो । उसलाई लागिरहेको थियो की किचकन्य या भुतको छायाले उसलाई पछ्याइरहेको छ ..! उसले बाइकको स्पिड अरु बढाउन थाल्यो १२० किलोमिटरको रफतार …

    डर धेरै नै लागिरहेको थियो प्रमोदलाई आफुमाथी के भैरहेको छ भन्ने बुझ्न नै सकिरहेको थिएन । त्यसबेला अचानक पुर्ब झापा बिर्तामोड काँकडभिट्टाबाट काठमाडौ तिब्रगतिमा जाँदै गरेको नाइट बसले उसलाई कस्सेर ठक्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गाडिको टायरले टाउको र छातिमा च्यापेर उसको घट्नास्थलमा नै मृत्यु भयो ।

    प्रमोदको मृत शरीर रोडमा रगत बगिरहेको थियो… तर आत्मा भने त्यही छेउमै रहेको रुख नजिकै थियो र उसको अगाडि त्यही केटि उभिएर हाँसिरहेकी थिइन …. प्रमोद उसँग रिसायो र भन्या- तिम्रो कारण ले बिनाकारण आज म मरे…

    यो सुनेपछि उस केटि चिच्याउन थालि । मेरो कारणले तिम्रो मृत्यु भएको हैन बरू तिम्रो कारणले चाहिँ मेरो मृत्युु भएको हो…। उसको कुरा सुनेपछि प्रमोद छक्क पर्‍यो …

    तिमी यो मलाई के आरोप लगाई रहेकी छौ । उसले साध्याे, तब उस केटीले भनी: म पुरानो मेडिकल कलेजको नर्स हुँ बेलुका ७ बजे ड्युटी सकेर घर फर्किदै गर्दा आजभन्दा १ बर्ष दुई महिना ३ दिन अगाडि यहीँ ठाउँमा रातको ८ बजे मेरो स्कुटी पंन्चर भएको थियो ।

    कसैले मद्दत गरिरहेका थिएनन्, म बिस्तारै-बिस्तारै स्कुटी धकलेर टाँढीमा रहेको आफ्नो घरतिर जाँदै थिए… तिमी बाइकमा आइरहेका थियौं । र मलाई समस्यामा देखेर पनि बेवास्ता गर्‍यौ । अलि पर पुलमा गएर बाइक रोक्यौ र चुरोट तान्दै हाँस्न थाल्यौं ….

    सायद मेरो कपडा कन्फर्टेवल थिएन, दुई हातले स्कुटी धकेल्दा.. म रिसाउदै रोडमा स्कुटी धकेल्दै थिए ! अचानक आजको जसरी नै तिब्रगतिमा अनियन्त्रित आइरहेको टिप्परले ठक्कर दियो र म यही काँस, सिरुको झाडिमा आएर खसे.. म घाइते अवस्थामा थिए ।

    तिमी म हुने ठाउँसम्म आयौं तर अर्काको लफडामा को पर्छ भन्ने सोचेर त्यहि बस गएको ठाउँतिरै आफ्नो मोटरसाइकल लिएर गयौं …. । यदि तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने सायद म बाच्न सक्थे… तिमिलाई थाहा छ म आफ्नो बृद्ध बुबाआमाको एक मात्र साहारा छोरी थिए । कति दिनसम्म उहाँहरुले नखाइ भोक भोकै म आउने बाटो हेरिरहे … तर त्यसबेला तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने….

    कमसेकम प्रहरीलाई खबर गरिदिएकाे भने… तर बस चलाउने ड्राइभर लाई त मैले पहिला नै मा-रिसकेको छु … आज तिमिलाई पनि मा-रेर मैले आफ्नो मृत्युको बदला लिएँ भन्दै जोड जोडले हाँस्न थालिन ….

    नाइ यो हुन सक्दैन ….. भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो … । उसको पसिनै पसिनाले पुरै शरीर भिजेको थियो ..

    के यो सपना थियो ……..

    हो साथिहरु थियो त केवल एक सपना तर शिक्षा दिने खालको सपना । मित्रहरुहो यो कथा काल्पनिक जरुर हो तर यसको एक उदेश्य भने पक्कै छ । यस्तो कि कसैलाई तपाईंको आवश्यक परेको बेला नहिच्किच्याइ सहयोग गर्नुहोस् र सक्नुहुन्छ भने उसको अवस्था हेरेर उसलाई खिल्ली नउडाउनुहोस् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया