• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन

    सुदिप र अञ्जनको तीज गीत ‘सारी माथी सार’ सार्वजनिक, भिडियोसहित

    7.6K
    SHARES

    काठमाडाैं । साउन लागेसँगै एकपछि अर्को तीजगीतहरु बजारमा आउन थालेका छन् । शुक्रबार मात्रै सुदिप पनेरु र अञ्जन पनेरुको ‘सारी माथी सार’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

    गोर्खा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमार्फत ल्याइएको उक्त तीज गीतमा चर्चित गायिका शान्ति श्री परियार, सुदिप पनेरु र अञ्जन पनेरुले स्वर दिएका छन् । उक्त तीज गीतको शब्द संगीत समेत सुदिप र अञ्जनकै रहेको छ ।

    शुक्रबार गोर्खा चौतारी म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतका एरेन्जेर बिनोद बाजुराली रहेका छन् । गीतले अहिलेका विवाहित युवा युवतीको मनोदशा चित्रण गरेको छ ।

    पछिल्लो समय तीजगीतको बहानामा अनेक छाडा शब्दहरु प्रयोग गर्ने चलन समेत बढिरहेका बेला सुदिप र अञ्जन भने मौलिक गीत गीत पस्किने कोसिस गरेको गीतमार्फत प्रष्ट हुन्छ । हेर्नुहोस भिडियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ