• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    ओली सरकारले दमन नरोकेपछि विप्लवले नेता कार्यकर्तालाई दिए यस्तो विशेष निर्देशन, बिज्ञप्तिसहित

    14.5K
    SHARES



    काठमाडौँ । केपी ओली सरकारले दमन नरोकेपछि बिद्रोही नेपाल कम्युनिष्ट पार्टी आक्रामक ढंगले अघि बढ्ने भएको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् ।

    ओली सरकारले बुधबार पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेर जबर्जस्ति हतियार भिडाएर झुट्टा मुद्दा लगाउने तयारी गरेपछि बिहिबार एक बिज्ञप्ति जारी गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

    सरकारले एकातिर विभिन्न सम्पर्क स्रोतमार्फत वार्ताका लागि पटकपटक भेटघाट र छलफल गरेजस्तो गर्ने र अर्कोतर्फ नेता कार्यकर्ताहरुलाई निरन्तर गिरफ्तार गर्ने, झुट्टामुद्दा लगाउने र जनतालाई दुख दिने कार्य जारी राखेपछि विप्लव आक्रोशित बनेका छन् । त्यसकारण विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई विशेष निर्देशन दिएका हुन् ।

    ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    नेता पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै विप्लवले सरकारी चालबाजीको भ्रममा नपर्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् । यसअघि नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।

    राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्रचार गर्ने तर पछि गिरफ्तार गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।

    नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो ।

    नेकपाले अब रोकिएका जनकारवाही समेत सुरु गर्ने भएको छ । कमिसनखोर, भ्रष्ट, दलाल, भूमाफिया, शैक्षिक माफिया र दलाल पुजीपतिहरु अब नेकपाको टार्गेटमा पर्ने निश्चित भएको छ ।

    प्रतिक्रिया