• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपा नेता ओमप्रकाश पुन र पूर्णिमा गिरफ्तार, प्रहरीले सूचना दिन मानेन

    13.7K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र अनेमसंघकी नेतृ पूर्णिमा धामीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    प्रहरीले उनलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप-महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको नेकपा उच्च स्रोतले संचारकेन्द्रलाई जानकारी दियो ।

    नेता पुनसँगै गिरफ्तार परेकी पूर्णिमा उनकी पत्नी हुन। पूर्णिमा अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) की सेती–महाकाली ब्युरो संयाेजक समेत हुन् । धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न जादै गरेकाे गरेको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटीलखेटी गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    कोरोना महामारीले देश सङ्कटपूर्ण अवस्थाबाट अघि बढिरहेको बेलामा पनि सामान्य मानवीय संवेदनालाई समेत ख्याल नगरी फरक राजनीतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया