• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी सम्पादकीय-समीक्षा

    प्रतिबन्धको एक बर्ष – झन शक्तिशाली बन्दै विप्लव, काण्डै काण्डको भुमरीमा ओली सरकार

    27.8K
    SHARES

    कमल बुढा । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएको आज एक बर्ष पुगेको छ । २०७५ फागुन २८ गते लगाइएको प्रतिबन्धले एकबर्ष पार गर्दै गर्दा नेकपामाथि प्रतिबन्ध लगाउने सरकार झन् एकपछि अर्को बदनाम बन्दै गइरहेको छ भने प्रतिबन्ध खेप्ने नेकपा एकपछि अर्को शक्तिशाली बन्दै गइरहेको देखिन्छ । प्रतिबन्धको सुरुको महिना चैत्रमा यसको केहि असर परेको देखिएको थियो । नेकपाका नेता कार्यकर्ता भकाभक भूमिगत हुन थालेका थिए भने प्रहरी प्रशासनले सरकारको निर्णयमा टेकेर भकाभक दमन र धरपकडलाई बढाएको थियो ।

    सरकारले पार्टीमाथि मात्र प्रतिबन्ध लगाएन कि पार्टी निकट सञ्चारकर्मीहरुमाथि पनि निगरानी बढाएको थियो । नेकपा नजिक रहेका पत्रकारहरुले संचालन गरेका दर्जनौ मिडिया देशभर भए पनि त्यति बेला काठमाडौँबाट सञ्चालित ६ वटा मिडियालाई उच्च निगरानीमा राख्न गृह प्रशासनले प्रहरीलाई निर्देशन नै दिएर एक प्रकारको आतंक नै सिर्जना गरेको थियो । त्यतिबेला काठमाडौँबाट सञ्चालित अनलाइन सञ्चारकेन्द्र डटकम, अनलाइन डबली डटकम, जनपाटी डटकम, ननस्टप खबर डटकम, रातो खबर डटकम र रेडियो मिर्मिरेलाई निगरानीमा राख्न निर्देशन दिएको समाचार बाहिर आएको थियो । राजनीतिक बिचारमा आस्था राख्न पाउने कानुनी ब्यबस्था हुँदाहुँदै पनि नेकपालाई समर्थन गर्ने पत्रकारले संचालन गरेकै भरमा मिडियामाथि समेत निगरानी राख्न गृहले दिएको निर्देशनले सरकार झन् नाङ्गिएकै हो।

    पार्टीका राजनीतिक गतिविधिलाई प्रतिबन्ध गर्नुका साथै विचारमा आस्था राख्ने सम्पूर्ण समर्थक शुभचिन्तकहरुलाई समेत निगरानीमा राखेर दमन गर्ने नीति लिनुले सरकार बढी नै आतंकित भएको रुपमा अर्थ्याइको थियो । जनतामा सरकारप्रति असन्तुष्टि बढ्दै गइरहेका बेला महंगी, कालोबजारी, कमिशनखोरी, भ्रष्टाचारी र दलालीका विरुद्ध विप्लव नेतृत्वको नेकपाले लिएको संघर्षको नीतिले सरकार अलोकप्रिय बन्दै जाने र बिद्रोही नेकपा नै जनातामा स्थापित हुने डरले ओली-प्रचण्ड र बादलहरु अत्तालिएको विश्लेषण हुन् सुरु भयो । यसै विश्लेषणमा बिचमा भएको प्रतिबन्धले सरकार नै झन् संकटमा डुब्दै गइरहेको छ भने बिद्रोही नेकपा ग्रामिण इलाकामा निकै लोकप्रिय बन्दै गइरहेको छ ।

    सरकारले नेकपाका नेता कार्यकर्ताहरु खासै धेरै नभएको सांगठानिक शक्ति कमजोर बनेको र प्रतिबन्ध लगाएपछि राजनीतिक गतिबिधि सुन्य हुदै जाने आँकलन गरेर प्रतिबन्ध लगाएको केहि महिना नबित्दै भोजपुर प्रहरीले नेकपाका एकजना कार्यकर्ता तिर्थ राज घिमिरेलाई नियन्त्रणमा लिएर गो’ली हानि दिनभर पैदल हिडाएर चरम अमानवीय हिसाबले ह’त्या गर्यो । त्यसको बिरोधमा नेकपाले नेपाल बन्द लगातयका बिरोध कार्यकम गर्दा त्यसको अघिल्लो दिन जेठ १२ गते काठमाडौँमा बम बिष्फोट भई ५ जनाको ज्यान गयो । बिष्फोटबाट नेकपा स्वयमकै क्षति भए पनि त्यसबेला सरकार भने निकै झस्किएको थियो ।

    पार्टीमाथि प्रतिबन्ध लगाएको दुई महिनापछि राजधानीमै भएका ठुला बिस्फोटले सरकारले आँकलन गरेकोजस्तो बिद्रोही नेकपा कमजोर देखिएन। त्यसपछि सरकार झन् नेकपाबिरुद्ध आक्रामक भएर दमन र धरपकडको हत्कण्डा अपनाउनतिर लाग्यो । त्यसले नेकपा झन् शक्तिशाली बन्दै जाने आधार खडा गर्यो । शहरमा आरामले बसिरहेका नेकपाका नेता कार्यकर्ता गाउँ गाउँ गए र संगठन बिस्तार तथा पार्टी काममा क्रियाशील रहे, जसले नेकपालाई नै फाइदा गर्यो । त्यसपछि सरकारले नेकपाका जिल्ला स्तरका केहि नेताहरुको ह’त्या गरेर समर्थक शुभचिन्तक र नेता कार्यकर्तालाई तर्साउने आन्तरिक तयारी गर्यो । त्यसैको शृंखलाका रुपमा सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रमा लिएर केहि घण्टापछि एकान्तमा लगि गो’ली हानेर ह’त्या गरियो र ‘दोहोरो भिडन्त’को प्रचारबाजी गर्यो ।

    घटनाको सत्य तथ्य बाहिर ल्याउनुको साटो नेपालका प्राय मिडियाहरुले पनि ‘दोहोरो भि’डन्त’ भएको र प्रहरी कारबाहीमा कुमार मारिएको भन्दै एकोहोरो प्रचारबाजी गरिरहे । तर सञ्चारकेन्द्र डटकमले घटनास्थलको अति गोप्य तस्बिर सार्बजनिक गरेर प्रहरीको ह’त्याका’ण्ड पर्दाफास गरिदिएपछि भने नक्कली ‘भिडन्त’को मुकुण्डो उतारिएको थियो । सञ्चारकेन्द्र डटकमले उक्त तस्बिर सार्बजनिक नगरेको भए सम्भब: त उक्त घटना ‘भिडन्त’ नै साबित हुने र प्रहरीले थप अन्य ह’त्याका शृंखला अपनाउने सम्भावना देखिन्थियो । तर सञ्चार केन्द्रले निर्भिक्तापुर्बक जनपक्षीय पत्रकारिताको धर्म निर्बाह गरेपछि उक्त घटना राष्ट्रिय अन्तराष्ट्रियरुपमा एउटा क्रुर ह’त्याका’ण्डका रुपमा स्थापित भयो । अर्को तिर बिद्रोही नेकपा पनि आक्रामकरुपमा ह’त्याको बदला लिने गरी अगाडी बढ्याे । भोजपुरमा प्रहरी जवान संजिव राइमथि कारबाही गरेर बदला लिएपछि बादल गृह प्रशाशन केहि पछि हटेको थियो ।

    त्यसपछिका निरन्तर घटनाक्रमलाई हेर्ने हो भने पनि सरकार नेकपाविरुद्ध निरन्तर दमन र धरपकडमा उत्रिएको देखियो तर नेकपा निरन्तर आफ्ना संगठानिक काम र राजनीतिक गतिबिधिमा क्रियाशील रहेको छ । गत जेठ १२ गतेको बिष्फोटपछि अब नेकपाले काठमाडौँमा खासै फौजी गतिबिधि गर्न नसक्ने आकलन गरेकाे सरकारले भ्रष्टाचारी तथा बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा ब’म बिस्फोट र बालुवाटारमा बिस्फोटको तयारी अबस्थामा रहेको ब’म डिस्पोजल गर्नुपरेपछि भने जिब्रो नै टोक्नु परेको थियो । त्यति मात्रै हैन हाल आएर गोकुल बास्कोटाको घरमा दिन दाहाडै प्रहरीको कडा निगरानीका बीच पनि ब’म बि’स्फो’ट गराएपछि अहिले उपत्यकामा बिद्रोही नेकपाको राजनीतिक र फौजी गतिबिधि एकपछि अर्को झन् ब्यबस्थित र सुदृढ हुदै गएको देखिन्छ ।

    सरकारका मन्त्री सांसदहरु दिनानु दिन भ्रष्टाचारका मुद्दामा मुछिदै गएका छन्, बिभिन्न काण्डहरु बाहिर आइरहेका छन् भने बिद्रोही नेकपाले देशका साना ठुला सबै दलाल, तस्कर भ्रष्टाचारी र कमिशनखोरहरुलाई कारबाही गर्ने उद्घोष गरिरहेको छ । प्रतिबन्धको एक बर्ष पुगेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिने हात मानिने, ७० करोड कमिशनको बार्गेनिङ्ग गरिरहेको अडियो बाहिरीएपछि बर्खास्त भएका निवर्तमान सञ्चार मन्त्री बास्कोटाको घरमा भएको ब’म बिस्फोटलाई पनि नेकपाले नामुद दलाल र भ्रष्टाचारीलाइ गर्ने कारबाही शृंखलाकारुपमा हेरिएको छ ।

    बास्कोटालाई कानुन बमोजिम कारवाही नगरिए जनताको जनसत्ताले कारवाही गरेरै छाड्ने चेतावनी दिएको नेकपाले नै प्रतिबन्ध लागेको ठिक एक बर्ष पुगेको दिन उक्त ब’म बि’स्फो’ट गराएको छ । गोकुल बास्कोटामाथि कारबाही गर्नुको १० बुँदे कारणसहितको पर्चा जारी गर्दै नेकपाले घटनाको जिम्मा पनि लिइसकेको छ । विप्लव नेतृत्वको नेकपालाई राजनीतिक शक्ति देख्नु र सोही अनुसार व्यवहार नगर्नुको सरकारी कमजोरीले देश पुनः युद्धमा धकेलिने खतरा बढेर गएको छ ।

    आफु बाहेक अरुलाई राजनीतिक शक्ति नै नदेख्ने र एउटा समुहको रुपमा लिने सत्तारुढ नेकपाको बालहठका कारण देशले अर्को युद्दको सामना गर्नुपर्यो भने त्यसको जिम्मा केपी ओली र प्रचण्डहरुले लिनुपर्ने हुन्छ । त्यसैले नेकपामाथि लागेको प्रतिबन्ध खारेज गरेर विप्लवहरुलाई खुल्लारुपमा आफ्ना विचार जनतामा लैजान दिनु र राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान गर्नुको विकल्प छैन। सत्ताको बागडोर सम्हालेकाहरुको ध्यान त्यता जान जरुरी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ