• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    नमूना विश्वकर्मा समाज नेपाल कुवेतले ५ निवर्तमान पदाधिकारीमाथि गर्यो यस्तो कडा कारवाही

    13.6K
    SHARES

    काठमाडौं । नमुना विश्वकर्मा समाज कुवेतले आर्थिक हिनामिना मच्चाउने र सङ्गठनको हित तथा मर्मविपरीत जाने निवर्तमान अध्यक्ष र महासचिवसहित ५ जनामाथि कारवाही गरेको छ । समाजले नमूना विश्वकर्मा समाज नेपाल कुवेतका निवर्तमान अध्यक्ष भीमबहादुर गदल, निवर्तमान महासचिव चन्द्रबहादुर विश्वकर्मा, निवर्तमान सचिव रोलबहादुर विश्वकर्मा, निवर्तमान कोषाध्यक्ष राम बिक र निवर्तमान सल्लाहकार राजेन्द्र बिरही कामीलाई भविस्यमा समेत समाजमा आवद्ध हुन नपाउने गरी कारवाही गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

    नमूना विश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष कुलबहादुर विश्वकर्मा र महासचिव ताराबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको आर्थिक हिनामिना गर्ने व्यक्तिहरुलाई साधारण सदस्यबाटै निष्काशित गरिएको जनाएका छन् । सन् २०१६ मा स्थापित संस्थाको सम्पूर्ण आर्थिक हिनामिना गरेको नमूना विश्वकर्मा समाज नेपाल कुवेतले जनाएको छ । विज्ञप्तिमा संस्थाको हिसाबकितावसहित सम्पर्कमा आउन पटकपटक लिखित तथा मौखिक आग्रह गर्दा पनि वास्ता नगरी संस्था नै नभएको उक्त समूहले दावी गर्ने गरेको अध्यक्ष कुलबहादुर विश्वकर्माको आरोप छ ।

    ‘नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका निवर्तमान भीमबहादुर गदल, निवर्तमान महासचिव चन्द्रबहादुर विश्वकर्मा, निवर्तमान सचिव रोलबहादुर विश्वकर्मा, निवर्तमान कोषाध्यक्ष राम बिक र निवर्तमान सल्लाहकार राजेन्द्र बिरही कामी उहाँहरुको आसेपासेहरुले समाज २०१६ मा स्थापना भएदेखी अहिलेसम्म समाजको सम्पुर्ण विवरण नबुझाएको हुँदा यसकाे मतलब लाखौ‌ नेपाली रुपैया बाराबरको कुवेती दिनर हिनामिना गरी आफ्नो स्वार्थपूर्ती गरेको ठहर गर्दै नमूना बिश्वकर्मा समाज नेपाल कुवेत रहेसम्म एउटा साधारण सदस्यको रुपामा समेत प्रवेश गर्न नपाउने गरी कार्वाही गरिएको बारेमा यसै प्रेस बिज्ञाप्ति मार्फत सबै नेपाली समुदायमा जानकारी गराउदछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

    संस्थाको लाखौं रकम हिनामिना गरेकोले यस्तो अराजक समूहलाई पहिचान गरी सार्वजनिक भण्डाफोर गर्नुपर्ने समाजले बताएको छ । सामाजिक कार्य गर्ने पवित्र उद्देश्य राखेर स्थापना गरिएको समाजको आर्थिक हिनामिना गरिएको पाइएपछि निवर्तमान कार्यसमितिका पदाधिकारीहरुमाथि वर्तमान कार्यसमिति कारवाहीमै उत्रिएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ