• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    प्रवास समाचार

    नेपाली विद्यार्थीको मृत्यु भएको ‘हिट एन्ड रन’ घटनामा तानिए बेलायती र्‍यापर ‘घेट्स

    758
    SHARES



    काठमाडौँ । बेलायतमा ‘हिट एन्ड रन’ मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्‍यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा ‘घेट’ नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ।

    अक्टोबर १८ तारिखको राति साढे ११ बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर दिएको थियो। उनको उपचारकै क्रममा दुई दिनपछि मृत्यु भएको थियो।

    तामाङ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए। मंगलबार अदालत उपस्थित भएका ४१ वर्षीया शामुयलले जोखिमपूर्ण तरिकाले कार चलाएको र त्यसका कारण एक जनाको ज्यान गएको स्वीकारेका हुन्।

    गार्डियनका अनुसार त्यतिबेला शामुयलले चलाएको कारको गति ६० माइल प्रतिघन्टा थियो। जबकी त्यहाँ सवारी साधनको अधिकतम गति ३० माइल प्रतिघन्टा तोकिएको छ। उनी बिएमडब्लू एम-५ मा चलाइरहेका थिए।

    तामाङलाई ठक्कर दिएपछि उनी रोक्दै नरोकी भागेका थिए। दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो ।

    उनले दुर्घटनाअघि लन्डनका अन्य स्थानहरूमा पनि खतरनाक गतिमा सवारी चलाएको छुट्टै आरोपमा पनि दोषी मानिएको अदालतले जनाएको छ।

    न्यायाधीश लुक्राफ्ट केसीले क्लार्क–सामुएललाई अनिवार्य रूपमा जेल सजाय सुनाइने स्पष्ट पारेका छन्। तर सजायको अवधि भने फेब्रुअरी १२ मा हुने सुनुवाइपछि तय हुनेछ।

    उनलाई तत्कालै सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ। दुर्घटनामा ज्यान गुमाएका तामाङ परिवारको एकमात्र सन्तान रहेको र शिक्षाका लागि अभिभावकले उनलाई बेलायत पठाएको भनेर गार्डियनले लेखेको छ।

    र्‍यापर गेरेट्स २०२४ को मर्करी पुरस्कारको मनोनयनमा परेका थिए र २०२१ मा मोबो अवार्डमा उत्कृष्ट पुरुष कलाकार चुन्निएका थिए। उनले एड सेरेन लगायत चर्चित कलाकारहरूसँग सहकार्य गरेका छन्।

    बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए। तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ