• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सम्पादकीय-समीक्षा

    सरकार दोहोरो भीडन्तको नाटक बन्द गर

    31.4K
    SHARES



    यति बेला देशमा सत्तारुढ दल र सरकारका लागि संसद भित्रको पर्तिपक्षा भन्दा पनि संसदीय व्यवस्था भन्दा बाहिर रहेको बिद्रोही नेकपा निकै ठुलो चुनौती बनेको छ । त्यसैले त अहिले सत्तामा रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले बिद्रोही नेकपाका राजनीतिक गतिबिधि र कार्यक्रमलाई जति सक्दो रोक्न अबरोध गर्न र प्रतिबन्ध नै लगाउन भूमिका खेलको देखिन्छ । सरकारी नेकपाका नेता कार्यकर्ताले फरक विचार राख्ने अर्को नेकाकामाथि जुन प्रकारको निषेधको राजनीति गरेका छन्, त्यो कुरा उनको आफ्नो मन मर्जीले भन्दा पनि सत्तामा रहेका शासकहरुकै बचाउका लागि देखिन्छ । अहिलेको नेपालमा शासकहरूले दुई तिहाईको दम्भ देखाइरहेको देखिन्छ भने सत्ताको दमन र प्रतिबन्धको समान गरिरहेको विद्रोही शक्तिको धैर्यता उदारणिय देखिन्छ ! यदि सरकारी दमनको जवाफ बिद्रोही पार्टी अर्थात् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उस्तै तरिकाले दिने हो भने देश गृहयुद्धमा धकेलिन २ मिनेट लाग्नेछैन । विभिन्न बहानामा केपी ओली सरकारको गृहप्रशासनले नेपाल कम्युनिष्ट पार्टीमाथि गर्दै आएको दुश्मनीपूर्ण ब्यबहारले अहिले देशका जनताहरुको मानसपटलमा दशबर्षे जनयुद्धको झझल्को ल्याइरहेको छ ।

    गत फागुन २८ गते ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको घोषणा गरेसँगै देशको राजनीतिक अवस्थाले कस्तो मोड लिदैछ भन्ने कुराको आँकलन सामान्य राजनीतिक चेतना भएको नेपाली नागरिकले सजिलै बुझ्छ । आज विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लागेको साढे ३ महिना पुगिसकेको छ । यो तीन महिनाको अवधिमामा नेकपा सयौं नेता कार्यकर्ता गिरफ्तार परे । केहि समयको हिरासत बसाईपछि कोहि रिहा भए भने अधिकाँश नेता कार्यकर्ताको रोजाई जेल बन्न पुग्यो । प्रहरीले भिभिन्न बहानामा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने तर उसले लगाएरको मुद्दा पुष्टि हुन नसक्ने र अदालतले रिहा गर्न आदेश दिने यो शिलशिला अहिले पनि जारी छ । धेरै पटक त प्रहरीले नेकपा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र सानोतिनो हतियार थमाईदिने अनि अदालतमा त्यहि हतियार पेश गरेर नेता कार्यकर्तालाई फसाएर आस्थाका बन्दी बनाउने कसरत पनि गरिरहेकै छ । यो सिलसिलालाई जारी राखेर यतिबेला ओली सरकारको गृह प्रशासनले अर्को नाटक सुरु गरेको छ । त्यो हो ‘दोहोरो भीडन्त’को नाटक ! सुराकीका आधारमा नेकपा नेता कार्यकर्तालाई पछ्याउने र गिरफ्तार गर्न सकिने अवस्थामा समेत एकोहोरो फायर खोल्ने, कार्यकर्ताको निर्मम हत्या गर्ने, गोली हान्नेजस्ताे प्रहरीको अवैज्ञानिक तरिकाले यतिबेला विद्रोही शक्तिलाई जिस्क्याइरहेको छ ।

    भोजपुरमा नेकपाका जिल्लास्तरीय कार्यकर्तालाई प्रहरीले सामान्य अवस्थामा समेत गोली हानेर ज्यान लियो । सर्लाहीमा पनि स्थानीय ठाउँमा निक्कै लोकप्रिय छवी बनाएका नेकपा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भयो । नि:शस्त्र अवस्थामा रहेका उनलाई प्रहरीले नियन्त्रण लिएर यातना दिएर, हात भाचेर बल्ल गोली हानेको देखिन्छ त्यो पनि टाउकोमा । कुमारको मृत्यु भएको ठाउँ अर्थात् घटनास्थलको ताजा तस्वीर हामीले सार्वजनिक गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपाभित्रकै नेताहरुले समेत यो कुनै मुठभेड नभएर बर्बर दमन र यातनापश्चात गरिएको हत्या हो भनेर ठोकुवा गरेका छन् । हिजो दशबर्षे जनयुद्धमा यस्तै यस्तै प्रकारको यातना र हत्याको घटना सरकारी पक्षबाट घटेकै हो । ती दर्दनाक घटनाका प्रत्यक्ष साँची पूर्वमाओवादीको एउटा ठुलो हिस्सा अहिले सरकारमा छ, जसले हत्या र मुठभेडबीचको अन्तर तस्वीर हेरेर छुट्यायो ।

    जब सरकारकै नेतृत्वकर्ता दलका सांसदहरु संसदको राज्य व्यवस्था समितिको बैठकमा कुमार पौडेल मुठभेडमा मारिएको नभएर चरम यातनापछि उनको हत्या नै गरिएको हो भन्दै रुवाबासी गर्छन र गृहमन्त्री रामबहादुर थापा बादललाई ¥याख्¥याख्ती पार्छन भने यो अवस्थामा बिद्रोही शक्ति हत्याको बदला लिन फौजी रणनीतिसहित अगाडि आए त्यसको परिणाम के हुन्छ ? त्यसको आँकलन अहिलेको सरकारले गर्नुपर्छ कि पर्दैन ? अर्को कुरा विद्रोही शक्तिले साँच्चै फायर खोलेको अवस्थामा अहिले ‘दोहोरो भीडन्त’को हौवा पिटेर नेता कार्यकर्ताको हत्या गर्न तम्सिएकाहरु भीडन्तमा सकुशल रहलान त ? के बिद्रोही शक्तिले आफ्नो निशाना चुकाएर फायर खोल्छ होला ? के नेकपा नेता कार्यकर्ताहरु हावाईफायरिङ गर्दै प्रहरीसमक्ष गिरफ्तारी दिन आउलान त ? सामान्य राजनीतिक र फौजी चेतना भएको व्यक्तिले यी प्रश्नको उत्तर सजिलै दिनसक्छ की त्यो सम्भव हुदैन ।

    त्यसकारण दोहोरो भीडन्तको हौवा पिटर एउटा राजनीतिक शक्तिलाई दबाउने प्रयत्न गर्नुभन्दा राजनीतिक एजेण्डा बोकेर जनतासमक्ष जनताको दैनिकीसँगै अगाडि बढिरहेको नेपाल कम्युनिष्ट पार्टीसंग राजनीतिक ब्यबहार गरेर राजनीतिक तरिकालेले समस्याको सामाधान सरकारले गरोस् । अन्यथा झुटो मुठभेडको नाटक मन्चन गर्दागर्दै कुनै दिन सचिक्कै दोहोरो भीडन्तको सामना गर्नुपरेको खण्डमा देश अर्को गृहयुद्धमा नजाला भन्न सकिदैन । ओली सरकारले २ तिहाई सत्ताको पावर देखाएजस्तै विप्लवले विद्रोहको पावर देखाएको दिन देशको दशा र दिशा फेरिन १ सेकेन्ड नलाग्नसक्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ