• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    सम्पादकीय-समीक्षा

    जिउँदै जलाइएका टेलिभिजनकर्मी सुरेश रजकका दोषीलाई कडा कारबाही होस

    795
    SHARES



    काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्रको आधारभूत स्तम्भ हो। तर शुक्रबार मात्रै राजधानीको तीनकुनेमा टेलिभिजनकर्मी सुरेश रजकमाथि भएको अमानवीय आक्रमणले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। जिउँदै जलाइएका पत्रकार रजकको घटना लोकतान्त्रिक मुलुकका लागि लज्जास्पद तथा गम्भीर चिन्ताको विषय हो।

    प्रजातान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकारसँग प्रत्यक्ष जोडिएको हुन्छ। जब सञ्चारकर्मीहरू स्वतन्त्र रूपमा समाचार संप्रेषण गर्न डराउन बाध्य हुन्छन्, त्यतिबेला लोकतन्त्र नै संकटमा पर्न सक्छ। सुरेश रजकमाथि भएको घटनाले नेपालमा पत्रकारिता पेशा सुरक्षित छ कि छैन भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

    यस घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याइयोस् र पत्रकार सुरक्षाको प्रत्याभूति गरियोस्। सरकार, मानव अधिकार आयोग, सञ्चार प्रतिष्ठान, नागरिक समाज तथा सम्पूर्ण न्यायप्रेमी नागरिकहरूले यस घटनाको घोर भर्त्सना गर्नुपर्छ। राज्यले घटनालाई हल्का रूपमा लिनु लोकतन्त्रलाई कमजोर पार्ने दुस्प्रयास हुनेछ।

    नेपाल पत्रकार महासंघ तथा अन्य पत्रकार संघसंस्थाहरूले पनि दोषीलाई कडा सजायको माग गर्दै सरकारलाई दवाब दिनुपर्छ। सरकारले निष्पक्ष अनुसन्धान गरी अपराधीलाई कानूनी कठघरामा उभ्याएर कानूनी राज्यको अभ्यास गराउनुपर्छ।

    आज यदि सुरेश रजकमाथिको अन्यायमा हामी मौन बस्छौं भने भोलि अन्य पत्रकारहरूमाथि पनि यस्तै अत्याचार दोहोरिन सक्छ। प्रेस स्वतन्त्रताको रक्षा गर्ने हो भने अपराधीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याएर दण्डित गरिनुपर्छ। पत्रकारिता पेशा सुरक्षित नभए समाजमा सत्यतथ्य सूचना प्राप्त गर्ने अधिकारसमेत धरापमा पर्ने निश्चित छ ।

    प्रेस स्वतन्त्रताको संरक्षण सरकार, सुरक्षानिकाय, न्यायालय र आम नागरिक सबैको कर्तव्य हो। सुरेश रजकका दोषीलाई कडा भन्दा कडा कारबाही गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न आजैबाट पहल गरिनुपर्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ