• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विप्लवलाई चिडाउदै गृहमन्त्री बादल, दिए यस्तो गैरजिम्मेवार अभिव्यक्ति, चौतर्फी बिरोध र आलोचना सुरु

    24.2K
    SHARES



    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा निक्कै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्  । राजधानी काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटको विषयमा संसदलाई जवाफ दिने क्रममा उनले विस्फोटन ज्यान गुमाउनेहरु नेपाली नागरिक नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका हुन्ए ।

    गृहमन्त्रालयको बागडोर सम्हाल्ने जिम्मेवारी पाएको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु कतिको जायज हो ? भन्ने प्रश्न समेत खडा भएको छ । यहि बिषयलाई लिएर संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदसँग उनको जुहारी चलेको छ । सोमबार संसद बैठकमा गृहमन्त्री बादलले विस्फोटका घटनाबारे जानकारी गराएका थिए ।

    त्यसक्रममा उनले विस्फोटमा मारिने जनता नभएको बताए । गृहमन्त्रीलाई प्रश्न सोध्ने क्रममा कांग्रेसका अधिकांश सांसदले त्यसलाई नै मुद्दा बनाए । पृष्पा भुसाललगायतका सांसदहरुले उनीहरु नेपाली जनता होइनन् भने को हुन् भन्ने प्रश्न गरे ।

    सांसद अमरेशकुमार सिंहले एउटा कम्युनिस्ट पार्टी सरकार र अर्को बाहिर रहेको भन्दै नागरिकको आवाज दबाउन मिलेको त छैन भन्ने प्रश्न गरे । पूरक प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री बादलले बम बनाउने त्रममा प्रविधिक त्रुटि भएर विस्फोट भएको र मानिने विप्लवका कार्यकर्ता भएको बताए ।

    नेपाली नागरिक होइनन् भने को हुन् भन्ने प्रश्न सांसदहरुले उठाएको भन्दै उनले आफ्नो शब्द चयनमा कमजोरी भएको हुनसक्ने बताए । उनले अघि भने, ‘उनीहरु सामान्य नागरिक होइनन्, घटना घटाउनेहरु हुन् ।’ उनले विप्लव  त साँठगाँठ त छैन भन्ने प्रश्नलाई प्रश्नकर्तातिर नै फर्काइदिए ।

    सरकार र विप्लवसँग साँठगाँठ त छैन भन्ने प्रश्न गम्भीर भएको भन्दै बादलले भने, ‘यी नाजायज प्रश्नहरु हुन् । यो प्रश्नलाई उल्टाएर हेर्दा कतै प्रश्नहरुको सम्बन्ध त छैन भन्न सकिन्छ । तर मलाई लाग्छ विषय त्यो होइन ।’ गृहमन्त्रीको प्रतिप्रश्नमा कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आपत्ति जनाए ।

    उनले विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने बताए । सभामुख कृष्णबहादुर महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताएका छन् ।

    सोहि क्रममा थापाले विप्लव नेतृत्वको नेकपाले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको पनि तर्क गरे । साथै उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

    आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’

    नेकपाको राजनीतिक गतिविधिलाई ‘गैरकानुनी’ गतिविधि भन्दै गृहमन्त्री बादलले  विप्लवले निशाना उपत्यकालाई बनाएको पनि आशंका व्यक्त गरे । घटनामा मृत्यु भएका सबै नेकपाका कार्यकर्ता भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको उनको ठोकुवा छ ।

    नेकपाले  शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । ‘यो नेकपालाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो नेकपालाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

    स्मरण रहोस नेकपाले आफ्नै सेना र सत्ता निर्माण गरिसकेको कुरा यसअघि नै नेकपा महासचिव विप्लवले सार्वजनिकरुपमै घोषणा गरिसकेका छन् । बादलको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक बिरोध भएको छ ।

    बादलले विस्फोटनमा मारिने नेपाली नागरिक होइनन् भन्दै दिएको अभिव्यक्तिले विप्लवलाई चिडाउनसक्ने विश्लेषकहरुको बुझाई छ ।  त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताएका छन् ।

    राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको उनले बताए । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’

    वार्तामा आए प्रतिबन्ध हट्छ भन्ने प्रश्नमा उनले यो ठूलो विषय नभएको बताए । उनले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताएका छन् । उनले सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको बताए ।

    यस्तै काठमाडौंमा हालै भएका बम विष्फोटलाई मध्यनजर गर्दै बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको छ । आइतबार काठमाडौंमा भएका बम विष्फोटमा मानिसहरुको हताहती भएको समाचार आइरहेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको हो । बेलायतले आफ्ना नागरिकलाई हुलमुलबाट जोगिनसमेत सल्लाह दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ