• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरो र बाढीले कहाँ–कहाँ छ सडक बन्द ? हेर्नुहोस् प्रभावित सडकको सूची

    243
    SHARES



    काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

    नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्म संकलन गरेको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको हो।

    काभ्रेमा बीपी राजमार्गमा समयअनुसार सवारी सञ्चालन

    काभ्रेतर्फ बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा निश्चित समयअनुसार सवारी सञ्चालनको व्यवस्था गरिएको छ। अर्को सूचना जारी नभएसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी चलाउन सकिनेछ।

    त्यस्तै, बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर अन्य सवारी सञ्चालन गरिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

    रसुवाका मुख्य सडक बन्द

    रसुवाका मुख्य राजमार्गहरूमा भदौ १० गते बिहानदेखि बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको छ।

    नुवाकोटको टोखा-छहरे सडकअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त खण्डमा सवारी चलाउन नपाइने जनाइएको छ।

    नुवाकोटकै पासाङ ल्हामु सडक खण्डको विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ।

    धादिङ र चितवनमा पनि आवागमन प्रभावित

    धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

    सोही राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा सडक मर्मतको काम जारी रहेकाले सवारीको चाप र सडकको अवस्थाअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ।

    हुम्लाको कर्णाली करिडोर बन्द

    कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

    प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन तथा प्रभावित खण्डमा यातायात सहज बनाउन आवश्यक पहल भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ