• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बैतडीमा जिप दुर्घटना : २० घाइते, चारको अवस्था गम्भीर

    276
    SHARES



    एआइ जेनेरेट तस्बिर

    बैतडी । मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा मंगलबार साँझ जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप दुर्घटनामा परेको हो।

    दुर्घटनामा घाइते भएका १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाँकी सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। उपचारपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ