काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो।
बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक ३१ गतेका लागि तय भएको जानकारी गराएका हुन्। आजको बैठकमा सांसदहरूले जनजीविकाका सवाल, विपद् व्यवस्थापन र सरकारको कार्यशैलीका विषयमा गम्भीर प्रश्नहरू उठाएका थिए भने कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।
प्रतिक्रिया