काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थासँगै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि दलहरूबीच छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।
प्रतिक्रिया