काठमाडौँ । बुधबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही प्रदेशका विभिन्न भू–भागमा वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाल, पहाड र तराई तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
यसैगरी, कोशी र बागमतीका हिमाली क्षेत्रमा केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
तराई क्षेत्रमा पनि मौसम पूर्ण रूपमा खुल्ने देखिएको छैन। मधेशसहित कोशी, बागमती र गण्डकीका केही तराई क्षेत्रमा तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराईका केही क्षेत्रमा पनि राति मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
प्रतिक्रिया