• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मकवानपुरमा उच्च अदालतका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना

    1.6K
    SHARES



    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार सरकारी गाडी दुर्घटनामा परेको छ।

    प्रहरीका अनुसार काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान जुरिखेत क्षेत्रमा दुर्घटनामा परेको हो।

    दुर्घटनाका क्रममा गाडी सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ। दुर्घटनापछि गाडीमा ठूलो क्षति पुगेको देखिएको छ।

    प्रहरीका अनुसार गाडीमा मुख्य न्यायाधीश डाँगीसहित चालक र अन्य गरी ६ जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

    घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ