काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ बजेर ५१ मिनेटमा गएको थियो। उक्त भूकम्पको म्याग्निच्युड ४.५ रहेको केन्द्रले जनाएको छ।
त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा पुनः भूकम्प गएको थियो। दोस्रो भूकम्पको म्याग्निच्युड ४.२ मापन गरिएको छ।
दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्ला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रतिक्रिया