• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाले भोलि फागुन ८ गते किन गर्दैछ बन्द ? यस्तो छ कारण विज्ञप्तिसहित हेर्नुहोस्

    13.2K
    SHARES



    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि फागुन ८ गते लुम्बिनी बन्दको आव्हान गरेका छन् । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले गत शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओली सरकारको धरपकड, गिरफ्तारी र दमनबिरुद्ध बन्द आव्हान गरिएको बताएका छन् ।

    सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै उनले फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको जानकरी दिए । इन्चार्ज वीरजंगले गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिए रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाची बन्दको घोषणा गरेका हुन ।

    गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाती सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई पक्राउ गरेको थियो । उनीहरुसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।

    देशभर आफ्नो अभियानलाई तिब्ररुपमा अगाडि बढाइरहेको नेकपामाथि सरकारले बिगतदेखि नै दमन गर्दै आएको छ । नेकपाले भने सरकारी दमनको प्रतिरोध गर्दै आएको छ । यसअघि बुधबार मात्रै नेकपा महासचिव विप्लवले यस्तै चुनाव खारेज अभियानदेखि नै राज्यसँग भयङ्कर ठूलो लडाइँ परेको बताएका छन्।

    जबर्जस्ति चुनाव गरेका एघारबाह्र महिनासम्म पनि केपी–प्रचण्डहरूको हात असफलता मात्रै लागेको उनको दावी छ । तर पचिल्लोसमय पछि एकचोटि सत्तापरिवर्तन गर्ने नेतृत्व बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले गर्ने ठोकुवा गर्दै महासचिव विप्लवले जनता पनि आफूहरुलाई साथ तयार रहेको खुलासा गरेका छन् ।

    ‘जनमुक्ति सेना निर्माण हुदैछ’

    महसचिव विप्लवले जनमुक्ति सेना समेत निर्माण भइरहेको खुलासा गरेका छन् । केहिदिन अघि मात्रै एक अन्तर्वार्ताका क्रममा उनले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह समेत गएका छन् ।

    एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नकालागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्नजो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ । जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने जनमुक्ति सेना पूर्व हुने सेना होइन ।

    जनमुक्ति सेना भविष्य बोकेको, भविष्यको जिम्मा लिने सेना हो। त्यसलाई पूर्व भनेर हाल्न खोजेको थियो । त्यतिबेलै हामीले विरोध ग¥यौँ ।त्यतिबेलाको परिस्थितिमा ठूलो बहस पनि चलेको थियो । मैले भनेको पनि थिएँ– सत्ता साझेदारी हुनुप¥यो नि त । सेना पनि दुईटा हुन्छ । दुईटै नाम राख्नु प¥यो नि । एउटा नेपाली सेना हुन्छ, अर्को जनमुक्ति सेना हुन्छ । के बिग्रिन्छ ? किन हुन सक्दैन त्यो ? सत्तासाझेदारी भनेको त त्यो हो नि । वार्ता भनेको त त्यो हुनुपथ्र्यो नि ।

    एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा, सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि ।त्यतिबेलै समायोजनका नाममा जनमुक्ति सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ । पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो बनाउन खोजेका थिए, त्यो भएन ।अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो, कुनैबेला त्यो सकियो,त्यो मात्रै होइन ।

    पूर्व जनमुक्ति सेनाको ब्याज खानुपर्छ, खुवाउनुपर्छ भन्ने एउटा फेरि पुँजीवादी साम्राज्यवादीहरूको खेल छ यहाँ । त्यो होइन । नेपालमा त क्रान्ति नै सम्पन्न भएको छैन भने जनमुक्ति सेना पूर्व भनेर, सुविधा खाएर बस्ने कुरा हुन सक्दैन।

    यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि । त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन । हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो ।

    हामीले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य हो भन्यौँ । एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ । यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।

    जो साथीहरू अहिले एनजीओ/आईएनजीओमार्फत हिजो जनमुक्ति सेनालाई विघटन गराउन भूमिका निर्वाह गरेका तत्वहरूले अहिले फेरि माया गरेजसरी जनमुक्ति सेनालाई पूर्व जनमुक्ति सेना भने,त्यसो होइन । तपाईंहरू सबै अब नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन नि त । प्रचण्डले पो मान्छेहरूलाई रुवाउँदै फर्कायो त ।

    कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुप¥यो । अब क्रान्तिमा सहभागी बन्न आउनुप¥यो । अनि केको पीडा ? क्रान्ति त एउटा निरन्तर जीवनको प्रक्रिया हो नि ! जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म, साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति छेडिरहनुप¥यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख ग¥यौँ । त्यहाँ हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न, रुनकराउन जरुरत नै छैन । पूरा गौरवकासाथ इतिहासमा गरेका योगदानमा गर्व गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारी बोधकासाथ जुटौँ। यो हाम्रो कुरा हो ।’

    एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्ने भन्दै उनले समाजवाद मजदुर या किसानको मात्रै नभएर चेतना र श्रमको अभिब्यक्ति भनेको उनको विश्लेषण छ ।

    ‘समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रैव्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन,चेतना र श्रमलाई एकठाउँमा ल्याउँदा वास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ