काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
महासंघका अनुसार अघिल्लो दिन मात्रै सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको थियो। यससँगै तिहारपछि सुनको मूल्य कुल १३ हजार ६ सय रुपैयाँले घटेको छ। यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। त्यसपछि मूल्यमा निरन्तर गिरावट आएको छ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया