काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको जनाएको छ। संघले उत्पादन घटेको र खपत बढेको भन्दै मूल्य वृद्धि गरेको हो। संघ अध्यक्ष विनोद पोखरेलका अनुसार, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ।
अघिल्लो मूल्यसँग तुलना गर्दा प्रतिक्रेटमा ५० रुपैयाँको वृद्धि भएको उनले बताए। मूल्य निर्धारण चितवन क्षेत्रको आधारमा गरिएको हो। उपभोक्ताका लागि अन्डाको खुद्रा मूल्य भने लगभग २२ रुपैयाँकै हाराहारीमा रहेको छ। अध्यक्ष पोखरेलले यसले उपभोक्तामा ठूलो असर नगर्ने दाबी गरे। “उपभोक्ता मूल्यमा केवल ५०–७० पैसाको फरक पर्छ, यसले ठूलो असर पार्दैन,” उनले भने।
उत्पादकले होलसेलमा मूल्य बढाएपछि होलसेलरले व्यापारीलाई महँगोमा अन्डा बिक्री गर्ने भएकाले उपभोक्ताले पनि महँगो मूल्य तिर्नुपर्ने हुन्छ।
प्रतिक्रिया