• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती र छोरा घाइते

    465
    SHARES



    मकवानपुर । मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमबार बिहान चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक जिल्ला चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो। उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन्। गम्भीर घाइते केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। सरस्वती र प्रवीनको चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सरस्वतीको अवस्था गम्भीर छ भने छोरा प्रवीनको अवस्था सामान्य रहेको छ। ठक्कर दिने ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ