• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    असोज २० सम्म रातिमा काठमाडौंको यात्रा नगर्न प्रसाशनको आग्रह

    3.1K
    SHARES



    काठमाडौं । लगातारको वर्षा र आगामी दिनमा अझै भारी वर्षा हुने पूर्वानुमानसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातिको समयमा काठमाडौं आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मौसमी प्रतिकूलता र प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक राति काठमाडौं भित्रिने वा बाहिरिने यात्रा नगर्न अपिल गरेका हुन्।

    उनले भनेका छन्, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातिको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।”

    जल तथा मौसम विज्ञान विभागले आजदेखि असोज २० गतेसम्म काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निरन्तर वर्षा हुने सम्भावना जनाएको छ। विभागको पूर्वानुमानअनुसार यस अवधिमा बाढी, पहिरो, भूक्षयजस्ता जोखिमपूर्ण घटना घट्न सक्ने चेतावनी दिइएको छ।

    प्रशासनले असोज २० गतेसम्म सकेसम्म आ–आफ्नो स्थानमा नै रहन र सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, विपद्‌को अवस्थामा तत्काल उद्धार वा सहयोग आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौंका सम्पर्क नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ