• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    देउवाका साला भूषण राणाको घर घेराबन्दी, प्रहरीको आकस्मिक छापा

    4K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।

    सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले आइतबार बेलुकी ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी गरेको हो। सो क्रममा स्थानीय प्रहरी पनि परिचालन गरिएको थियो।

    पारिवारिक स्रोतका अनुसार, प्रहरीले घरभित्रका कागजात, विद्युतीय उपकरणलगायत सामग्रीहरू जफत गर्दै तलासी सञ्चालन गरिरहेको छ। छापा मारिएको कारणबारे औपचारिक जानकारी नआए पनि प्रहरी स्रोतले गोप्य सूचना प्राप्त भएपछि कारबाही गरिएको जनाएको छ।

    भूषण राणा पूर्वप्रधानमन्त्री देउवाकी श्रीमती तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। उनको नाम अघिल्लो समयमा विभिन्न ठेक्का–पट्टा र डिलमा संलग्नता रहेको आरोपमा जोडिँदै आएको छ।

    कतिपय संवेदनशील लेनदेनमा आरजु राणाको प्रतिनिधि भएर संलग्न भएको भन्ने आरोप पनि लाग्ने गरेको थियो। यद्यपि, राणा पक्षले भने यी आरोपलाई निराधार बताउँदै आएको छ।

    अहिलेको छापामारीपछि घटनाले नयाँ राजनीतिक तथा कानुनी बहस सिर्जना गर्ने देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ