• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

    346
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेबाट सुरु हुनेछ।

    यसअघि बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा तथा केही प्राविधिक तयारी पूरा गर्न समय लागेपछि मतदान तीन घण्टा पछि सारिएको हो। कांग्रेसको आगामी नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधि मतदानमा सहभागी हुनेछन्।

    केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिहरूलाई सहज हुने गरी काठमाडौंका तीन प्रमुख स्थानमा सातवटा मतदान केन्द्र स्थापना गरिएको छ। प्रदेश तथा प्रतिनिधित्वको प्रकृतिअनुसार मतदान केन्द्र छुट्याइएको छ।

    राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ। यस्तै, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था मिलाइएको छ।

    यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। निर्वाचन समितिका अनुसार मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावलीमा रहेको विवरण रुजु गरिनेछ।

    विवरण प्रमाणीकरण भएपछि मात्रै सम्बन्धित प्रतिनिधिले मतदान गर्न पाउनेछन्। कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वका लागि भइरहेको यो निर्वाचनलाई महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। आज हुने मतदानपछि कांग्रेसको आगामी नेतृत्व र केन्द्रीय कार्यसमितिको स्वरूप तय हुनेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ