दार्चुला ।दार्चुलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका डेढसय भन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । दार्चुलाको नौगाड गाँउपालिकाको पूर्व माओवादी केन्द्रको सिंगै गाउँ कमिटीसहित १ सय ५० जना बढी नेता कार्यकर्ताले ओली-प्रचण्डको पार्टी परित्याग गर्दै विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
देशभर संगठन सुदृढ तथा बिस्तार अभियानमा लागेको नेकपाले अन्य पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराउदै आइरहेको छ । पछिल्लो समय माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पूर्वमाओवादीका गाउँ कमिटी पूरै नेकपा दार्चुला इन्चार्ज रमेश नेपालीले बताए ।
स्थानीय चुनावमा माओवादी केन्द्रलाई समर्थन गरेको उक्त गाउँपालीकाले प्रतिनिधि सभाको चुनावमा पनि माओवादी केन्द्र र एमालेका साझा उम्मेदवारलाई मतदान गरेको थियो तर पछि प्रचण्डले पार्टी एमालेमा विलय गराएको भन्दै निराश भएका नेता कार्यकर्ता फेरी नेकपामा आबद्ध भएका हुन् ।
नवप्रबेशीहरुलाई जिल्ला इन्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए । पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका पूर्व गाबिस अध्यक्ष रामसिंह ठगुन्नाले नेतृत्वले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोश पोखेका थिए ।
जनयुद्धकालमा यहि गाउँबाट माओवादीमा लागेका नेता जिल्ला ईञ्चार्ज भएका थिए । विगतदेखि हालसम्म उक्त गाउँ राज्यको विरुद्धको अभियानमा उभिने गरेको छ । जनयुद्धकालमा नेपाली सेनाले तत्कालिन जिल्ला इन्चार्ज विवेक ठगुन्नाको बिभत्स तरिकाले हत्या गरेको थियो उनि त्यही गाउँमा जन्मिएका थिए ।
प्रतिक्रिया