• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चीनतर्फ भारी वर्षासँगै भोटेकोशीमा बाढी, व्यापक क्षति

    1.9K
    SHARES



    काठमाडौँ । चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ ।

    लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ ।

    नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ । त्यहाँ रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

    यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिएपनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ । बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ