• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विद्या भण्डारीले एमालेमा बम पड्काउनुहुन्छ भन्ने सपना देखेर बसेका छन्: ओली

    2.1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) एकढिक्का रहेको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाहिर जुनसुकै प्रचार भए पनि एमाले मजबुत रहेको बताएका हुन्।

    ‘अमेरिकी राष्ट्रपति चढ्ने गाडीमा गोली हाने पनि त्यहाँ सवार राष्ट्रपतिलाई थाहै हुँदैन, गाडी आफ्नो लयमा हिँड्छ,’ उनले भने, ‘ एमाले त्यस्तै मजबुत छ। विरोधीहरूले प्रहार गर्छ तर मजबुतका साथ आफ्नो बाटो हिँड्छ,’ उनले भने।

    प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा कतिपयले एमाले फुट्छ भन्ने सपना देखेको पनि बताए।

    ‘विद्या भण्डारीले बम पड्काउनुहुन्छ। यहीँबाट एमाले ध्वस्त हुन सुरू गर्छ भन्ने सपना देखेर बसेका छन्। कुनै बम, बारूद, गोला, केही पड्किने वाला छैन। नेकपा (एमाले) एक छ एक रहन्छ। आश गरेर हुन्छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ