काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछिल्लो घण्टाहरूमा मध्यम वर्षा मापन भएको जनाउँदै साना खोलाहरूमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ।
विभागले आज (सोमबार) बिहान ४ः३० बजे एक सूचना जारी गर्दै विगत ३ घण्टामा खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्र तथा त्यस आसपासका क्षेत्रमा मध्यम वर्षा भएको जनाएको हो।
वर्षाका कारण सो क्षेत्र भएर बहने सिहाली, दोदा ९मछेली० लगायतका साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया