• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा साम्बा

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार साँझ ६ः१५ बजे लाओसको सामना गर्दै छ ।

    नेपाली टोली मैदान प्रवेश गर्दा सावित्रा भण्डारी (साम्बा) कप्तानको जिम्मेवारी फर्किएकी छन् । यसअघि नेपाली टोलीको कप्तानी सन् २०१९ देखि हालसम्म एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्दै आएकी थिइन् ।

    आजको खेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि ऐतिहासिक एक १०० औँ खेल हो । आजको खेलमा कप्तानको ‘आर्म ब्यान्ड’ सावित्राले पाएकी हुन् । यसअघि नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न जाँदा कप्तान विनै उज्वेकिस्तानमा पुगेको थियो । खेलको केही समयअघि मात्रै प्रशिक्षक प्याट्रिक डी वाइल्डले उनलाई जिम्मेवारी दिएका हुन् ।

    नेपाली टोलीकी नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बा अहिले जिम्मेवारीबाट टाढा छिन् । उनलाई नयाँ प्रशिक्षक वाइल्डले कप्तानीको जिम्मेवारी नदिएको बुझिएको छ ।

    एन्जिलाले २०७९ भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपबाट नेपालको कप्तानी जिम्मेवारी पाएकी थिइन् । नियमित कप्तान रेनुका चोटका कारण टोलीबाट बाहिरिएपछि प्रशिक्षक कुमार थापाले त्यतिबेला एन्जिलालाई कप्तानको जिम्मेवारीमा राखेका थिए ।

    नेपाली फुटबलको इतिहास हेर्दा सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने चलन रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ