• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, रास्वपाले विरोध जारी राख्ने

    0.9K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि रास्वपाले त्यसक्रममा पनि अवरोध जारी राख्ने निर्णय लिएको रास्वपाका सांसद हरि ढकालले बताए ।

    “संसद आज पनि अवरुद्ध हुन्छ। हाम्रो आन्दोलन जारी नै छ,” उनले भने, “प्रधानमन्त्रीको सम्बोधनका क्रममा पनि हामीले विरोध जारी राख्नेछौं। सरकारको तर्फबाट बनाइएको समिति हामीले अस्वीकार गरेका छौं। हाम्रो माग उच्चस्तरीय छानबिन समितिको हो। त्यो नभएसम्म भिजिट भिसाको नाममा भएको मानव तस्करीको यो प्रकरण टुंगिँदैन।”

    उनका अनुसार रास्वपा ३४ दिनदेखि आन्दोलनमा रहे पनि सरकार र प्रधानमन्त्रीले यसलाई गम्भीरतापूर्वक नलिएको आरोप छ।

    रास्वपाले भिजिट भिसाको आडमा भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ। यद्यपि, सरकारले गठन गरेको समितिप्रति पार्टीको विश्वास छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ