• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपालको बयान जारी

    552
    SHARES



    काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान चलिरहेको छ । विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।

    बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दा इजलास नं.– २ मा तोकिएको थियो । इजलास बस्नासाथ तीन न्यायाधीशहरुको रोहबरमा अदालतका कर्मचारीहरुले नेपालको बयान लिइरहेका छन् ।

    अदालतका कर्मचारीहरुले नेपाललाई सोध्नका लागि बिहानै प्रश्नावलीको तयारी गरेका थिए । कर्मचारीहरुले प्रश्न सोध्ने, त्यसमा आरोपितले जवाफ दिने अनि जवाफ सुनेर अदालतकै कर्मचारीले कम्प्युटरमा बयान टाइप गर्छन् ।

    टाइप गरेको जवाफलाई त्यसलाई प्रिन्ट गरेर आरोपितलाई रुजु गराइन्छ र इजलासमा पेश हुन्छ । आरोपितहरुलाई आफैं जवाफ लेख्ने सुविधा पनि हुन्छ, तर पूर्वप्रधानमन्त्री नेपालले त्यो सुविधा नलिएको विशेष अदालतस्रोतले बतायो ।

    विशेष अदालतका कर्मचारीहरुले मुद्दामा लगाइएको आरोपका विषयमा केन्द्रित भएर बयान लिन्छन् । त्यसक्रममा आरोप लागेका व्यक्तिहरुले आफ्नो प्रतिरक्षा गर्न त पाउँछन् नै, आफ्नो धारणा बताउने अवसर पनि हुन्छ । मुद्दाका आरोपितहरुले अदालतमा दिएको बयानलाई महत्वपूर्ण प्रमाण मानिन्छ ।

    पूर्वप्रधानमन्त्री नेपाल पक्षधर कानून व्यवसायीहरुका अनुसार, खाजा समयभन्दा अघि बयान सकिने अनुमान छ । त्यसो भयो भने खाजा समयपछि थुनछेक बहस शुरु हुन्छ ।

    मुद्दाका आरोपितहरुलाई थुनामा पठाउने, उनीहरुसँग धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने विकल्पमध्ये कुन प्रक्रिया अपनाउने भनी तय गर्न थुनछेक बहस हुन्छ । त्यसपछि इजलासले तीन विकल्पमध्ये कुनै आदेश दिनेछन् ।

    अख्तियारले २२ जेठमा पूर्वप्रधानमन्त्री नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उसले नेपालमाथि मन्त्रिपरिषदको निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्विकृती दिएर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

    पतञ्जली जग्गा प्रकरणका ९३ जना आरोपितमध्ये विशेष अदालतमा उपस्थित भएका नेपाल दोस्रो व्यक्ति हुन् । यसअघि विशेष अदालतमा उपस्थित भएका कानून उपसचि कलानिधी पौड्याल २५ हजार रुपैंया धरौटीमा छुटेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ